दफा ३८
रकम दिइने
: (१) दफा ३३ को उपदफा (१) को खण्ड (घ) वा (च) बमोजिम गैरसरकारी कार्यालय, शिक्षण संस्था, अन्य संस्था वा व्यक्तिको सम्पत्ति अस्थायी रूपमा प्राप्त गरेमा वा सवारी साधन प्रयोग गरिएमा त्यसरी प्राप्त गरिएको अभिलेख अनुसारको सम्पत्ति वा प्रयोग गरेको सवारी साधनको भाडा बापत प्रचलित दर अनुसारको रकम प्राधिकरणले तोकेको पदाधिकारी, संस्था वा विपद् व्यवस्थापन समितिले सम्बन्धित कार्यालय, संस्था वा व्यक्तिलाई दिनेछ ।
तर अचल सम्पत्ति प्राप्त गर्दा बाली लागेको वा लाग्ने जग्गा पनि परेको रहेछ भने नोक्सानी भएको वा हुने बालीको लागि समेत आवश्यक क्षतिपूर्ति दिइनेछ ।
(२) दफा ३३ को उपदफा (१) को खण्ड (छ) बमोजिम गैरसरकारी कार्यालय, शिक्षण संस्था, अन्य संस्था वा व्यक्तिबाट खाद्यान्न, लत्ताकपडा, औषधि, निर्माण सामग्री तथा अन्य वस्तु प्राप्त गरिएमा त्यस्तो वस्तुको प्रचलित दरबाट हुन आउने मूल्य बराबरको रकम प्राधिकरणले तोकेको पदाधिकारी, संस्था वा विपद् व्यवस्थापन समितिले सम्बन्धित कार्यालय, संस्था वा व्यक्तिलाई दिनेछ ।